एनएमसीबाट १८ लाखभन्दा बढि रकम चोरी
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) बाट १८ लाख चोरी भएको छ । एनएमसीको घैलाडुब्बा सम्पर्क कार्यालयबाट गत बुधबार १८ लाखभन्दा बढि नगद चोरी भएको कार्यलय प्रमुख गंगाराम तिम्सिनाले जानकारी दिए ।

असार ४ गते राती कार्यालयमा राखेको १८ लाख ८० हजार ८ सय ९१ मध्ये १४ सय ६५ रुपैंया बाहेक रकम चोरी भएको सम्पर्क कार्यालयका प्रमुख तिम्सिनाले बताए । दिनभर भएको कारोवार दर्ता गरेर सेफमा जम्मा गरिएको थियो, तिम्सिनाले भने – सेफ नै तोडेर रकम चोरी भएको छ ।
कार्यालयमा राखिएको सिसि क्यामेराको फुटेजमा चोरीमा दुई जना व्यक्ति संलग्न भएका देखिएको छ ।
एनएमसीले प्रहरी कार्यालयमा उजुरी दिइसकेको छ । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाका अनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको छ । चोरीमा संलग्नहरुको पहिचान भइसकेको डिएसपी थापाले बताए ।