सरकारलाई झापाको ४६० हस्ताक्षर पठाइयो
भद्रपुर । नेपाल पत्रकार महासंघ झापा शाखाले मिडिया काउन्सिल विधेयक खारेजीको माग गर्दै असार ३ गते विर्तामोडमा संकलन गरेको हस्ताक्षर नेपाल सरकारलाई पठाएको छ ।

आन्दोलनको तस्रो चरण अन्तरगत संकलित एक हजार ४ सय ६० जनाको हस्ताक्षर महासंघ झापा शाखाले जिल्ला प्रशासन कार्यालय झापा मार्फत मन्त्रीपरिषदको कार्यालयमा पठाएको हो ।
झापा शाखा अध्यक्ष तारामणि सापकोटाको नेतृत्वमा गएको टोलीले झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलमार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाएको हो ।