बैशाख १५, २०८२ सोमबार

कांग्रेस झापाका नौ वागी उम्मेद्वार पार्टीबाट निष्कासित

झापा । प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिने झापाका नौ जना नेता कार्यकर्ता पार्टीबाट निष्काशित गरिएको छ । कांग्रेसले कारबाही गर्ने निर्णय गरेसँगै निष्काशित गरेको हो ।


झापाबाट अर्जुन प्रसाद उप्रेती, वारदर्शी न.पा. ३ का वडा अध्यक्षका वागी, नीजका प्रस्तावक र समर्थक रघुनाथ अधिकारी र नवराज पोखरेल, मोहन कुमार वस्नेत, झापा गापा २ का वडा अध्यक्षका वागी, कांग्रेस गिरी, गौरीगंज नपा ४ का वडा अध्यक्षका वागी, मोहन कुमार बस्नेत, गौरीगंज २ का वडा सदस्यका वागी, अर्जुन वुढाथोकी, दमक नपा प्रमुखका वागी, छत्रा वुढाथोकी दमक नपा ४ मा विवेकशील पार्टीको प्रस्तावक र हरिश्चन्द्र वास्तोला, अर्जुनधारा नपा वडा नं. ६ का वडा अध्यक्षका वागी उम्मेद्वारलाई पार्टीबाट निष्काशन गरेको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले तीनवटै तहको निर्वाचनमा वागी उमेदवारी दिएका नेता, तिनका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।


बैठकले अन्य पार्टीमा गई विभिन्न तहमा उमेदवारी दिएका नेता तथा कार्यकर्ताहरुलाई पनि पार्टीबाट निष्कासन गरेको छ । उनीहरुलाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम कारबही गरिएको अनुशासन समितिका संयोजक भीष्मराज आङदम्बेले जानकारी दिए ।

उनले वागी उमेदवार, प्रस्तावक तथा समर्थक र अन्य पार्टीमा गई उम्मेदवार बनेका सबै तहका नेता तथा कार्यकर्ताहरुलाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउनसमेत निर्देशन दिएको बताए ।

प्रकाशित मिति : असार ३, २०७६ मंगलबार  ८ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]