बैशाख १५, २०८२ सोमबार

फिर्ता भएको दुई घण्टापछि गुठी विधेयक खारेजीको माग गर्दै लिम्बूवान मञ्च सडकमा

बिर्तामोड । सरकारले गुठी विधेयक फिर्ता लिएपछि संघीय लिम्बूवान मञ्च नेपालले खारेजको लागि माग गरेको छ ।


आज साढे ४ बजे नै विधेयक फिर्ता लिएको सरकारले धारणा सार्वजनिक गरिसके पछि लिम्बूवान मञ्चका कार्यकर्ता सडकमा निस्किएर खारेजीको माग गरेका हुन् । मञ्चको विर्तामोड नगर कार्यसमितिले फिर्ता भएको सवा दुई घण्टा पछि खारेजको माग गर्दै खवरदारी गरेका छन् ।

विधेयक नै फिर्ता भइसक्यो, फेरि के खारेज गर्नु ? भन्ने जिज्ञासामा विर्तामोडका अध्यक्ष रञ्जितमान राईले साथीभाई जुट्नका लागि ढिलाई भएकाले कार्यक्रम पनि ढिलो भएको जानकारी दिए । उनीहरुको कार्यक्रम , खारेज गर भन्ने थियो, तर त्यस अघि नै सरकारले विधेयक फिर्ताको घोषणा गरिसकेको थियो ।
उनीहरुले विधेयक खारेजसँगै आदिवासी रंगशाला कायम गर्नुपर्ने, लोक सेवा आयोगको विज्ञापन खारेज गर्नु पर्ने माग राखेका छन् ।

प्रकाशित मिति : असार ३, २०७६ मंगलबार  ७ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]