डिएसपीको कुर्सीमा बस्ने गुरुङ कारागार चलान
बिर्तामोड । डिएसपीको कुर्सीमा बसेर फेसबुकमा तस्वीर हाल्ने हर्क गुङरु पूर्पक्षका लागि थुनामा गएका छन् ।

काठमाडौं जिल्ला अदालतले आइतवार गरेको फैसला अनुसार गुरुङलाई पूर्पक्षका लागि केन्दीय कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले जानकारी दिए । मुद्धा फैसला भएपछि ५ वर्ष कारागार बस्नुपर्ने प्रहरीको भनाई छ ।
भारती नागरिक गुरुङ विरुद्ध प्रहरीले साइवर अपराध अन्तर्गत मुद्धा चलाएको थियो । उनले तस्वीर सार्वजनिक गरेपछि तत्कालिन डिएसपी सुवास खड्कालाई समेत कारवाही भएको थियो ।
बिर्तामोड बस्दै आएका गुरुङले इलाका प्रहरी कार्यालय अनारमनीका तत्कालिन डिएसपी सुवास खड्कासँगको मित्रताको फाइदा उठाएर कुर्सीमा बसेर तस्वीर लिएका थिए ।
सोहि समयमा गुरुङले बिर्तामोडको शनिश्चरे रोडमा रहेको तेह्रथुम सेकुवा कर्नरका सञ्चालक रुद्र कन्दवालाई कुटपिट समेत गरेका थिए ।
सोहि दिन झगडा परिरहेको बेला हेर्न गएको भन्दै गुरुङले अर्का व्यवसायी चरिन्द्र कुमार चोम्बाङलाई समेत हातपात गरेका छन् । चोम्बाङ र उनको श्रीमतिलाई नै गुरुङले हातपात गरेपछि कारवाहीका लागि उनीहरुले उजुरी गरेका थिए ।
उजुरी पछि पक्राउ परेका गुरुङलाई अभद्र व्यवहारको मुद्धा लागेको थियो । व्यवसायीको उजुरी पछि थुनामा रहेका गुरुङले २५ हजार धरौटी बुझाएर थिए ।
यता, प्रहरी प्रमुखको कुर्सीमा बसेर तस्वीर सार्वजनिक गरे पछि इप्रका अनारमनीले नै साइवर अपराधको अनुसन्धानका लागि काठामाडौ पठाएको थियो । साइवर अपराधको फायललाई अहिलेका डिएसपी थापाले अघि बढाएका थिए ।