बैशाख १५, २०८२ सोमबार

हल्दिवारीको बाघ डाँडामा बाघकै शालिक

बिर्तामोड । झापाको हल्दिवारी – ३ मा बाघको शालिक निर्माण गरिएको छ । वडा नं. ३ र गाउँपालिकाले बाघ डाँडाको रुपमा चिनिएको ठाउँमा उक्त शालिक सहित २ वटा हावा घर समेत निर्माण गरेको छ ।


०१४÷०१५ सालमा सो क्षेत्र आसपासमा चारकोसे जंङ्गलका बाघले मान्छे खाएको घटना छ । अत्याधिक रुपमा बाघले दुःख दिने गरेको कारण ठाउँको नाम नै बाघ डाँडा भनिएको हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले जानकारी दिए ।


लोप हुँदै गएको ठाउँको नामलाई बाघको शालिक बनाई ठाउँको पहिचान स्थापित गरिएको गिरीको भनाई छ ।

प्रकाशित मिति : जेष्ठ २३, २०७६ बिहीबार  ११ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]