बैशाख १४, २०८२ आईतबार

‘भाषणले छुवाछूत हट्दैन’

बिर्तामोड । नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा भएको एक दशक पुरा हुँदा पनि व्यवहारमा परिवर्तन नआएको एक कार्यक्रममा सहभागी बक्ताले बताएका छन् ।


व्यवहारमा परिवर्तन ल्याउन सोच बदल्नु पर्ने उनीहरुको भनाई छ । छुवाछूत मुक्त राष्ट्र घोषणा भएको दिनका अवसरमा बिर्तामोडमा आयोजित अधिकांश वक्ता राज्यको विभिन्न तहमा प्रतिनिधित्व शुरु भएपनि विभेदपूर्ण घटना अन्त्य नभएको सामाजिक अगुवाले बताएका छन् ।
प्रदेश सांसद् अर्जुन राई विभेद् अझै कायम रहेको बताएका छन् । उनले विभेद्ले नेपाली समाजको बद्नाम भएकाले यसको विरुद्ध सबैले जुट्नु पर्ने बताए ।


प्रदेश सांसद राईले लामो समयको आन्दोलनले नै मुलुक छुवाछूत मुक्त घोषणा भएको बताउँदै घोषणा भएको व्यवस्थालाई कार्यान्वय गर्नुपर्ने उनको धारणा छ । समाजमा गैरदलित समुदायले आम दलित नागरिकमाथि अमानवीय व्यवहार गरिरहेको भन्दै मानवीय व्यवहार गर्न आग्रह गरे ।
यस्तै बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले दलितलाई विभेद विरुद्ध भाषण दिएर विभेद अन्त्य नहुने बताए ।

उनले भाषणले विभेद् अन्त्य नहुने भन्दै विधालयस्तरमा प्रशिक्षणको खाँचो रहेको बताएका छन् । शिवाकोटीले भने – अब केहि वर्षमै मरिहाल्ने उमेर समूहलाई विभेदको विरुद्ध भाषण गर्नुभन्दा विधार्थीलाई मात्र यो अभियानमा सरिक गराउनु पर्छ । उनले दलित जातिमा दलित भनेर राजनीति मात्र गरिरहेको आरोप लगाएका छन् ।


यस्तै कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कानुनी रुपमा मुलुकका विभेद् हटिसकेको भन्दै व्यहारिक रुपमा कतै बाँकी रहे त्यो पनि अन्त्य गर्नुपर्ने धारणा राखेका छन् ।
०६३ जेठ २१ मा नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा भएको थियो । सोहि अवसरमा आयोजित छुवाछूत मुक्त प्रदेश घोषणा कार्यानवयन सम्बन्धि जागरण सभामा जिल्लाका दलित संघसंगठनका नेताले छुवाछूत विरुद्ध साझा धारणा बनाउन आग्रह गरे । मंगलवार १ नम्बर प्रदेशको १४ जिल्लामा जागरसभा भएको छ ।


जागरण सभा मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा जिल्लाभरका धर्म गुरु, सांस्कृतिक विधालयका अगुवा निमन्त्रणा गरिएको थियो । सो कार्यक्रममा उनीहरुलाई विभेद विरुद्ध प्रतिवद्धता गराउने भनिए पनि उनीहरुको सहभागिता रहेको थिएन । कार्यक्रमको संयोजन जिल्ला समन्वय समिति झापा र स्वास्थ्य कार्यालयले गरेको हो ।

प्रकाशित मिति : जेष्ठ २१, २०७६ मंगलबार  ९ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]