बैशाख १५, २०८२ सोमबार

शिक्षक आन्दोलनकाबीच कनकाई माविमा विद्यार्थी भर्ना जारी

१६ गतेदेखि विद्यालय खुलाउने तयारी

बिर्तामोड । बन्द निषेधित सुरुङामा रहेको कनकाई माविले शिक्षकहरुको आन्दोलनका बीच विद्यार्थी भर्ना सञ्चालन गरिरहेको छ । शिक्षकहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउदै विद्यार्थी भर्ना सञ्चालन गरिएको व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईले जानकारी दिए ।

बैशाख ७ गतेदेखि सुरु भएको भर्ना अभियानमा २५ प्रतिशत विद्यार्थी भर्ना गरिएको अध्यक्ष प्रसाईले जानकारी दिएका छन् । विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ र निजी शिक्षकहरुले विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गरिरहेका छन् । विद्यार्थी भर्ना सम्बन्धी सूचना नै प्रकाशन गरेर नर्सरी, केजी, कक्षा १ देखि ९ सम्म विद्यार्थी भर्ना गरिरहेको अध्यक्ष प्रसाईले जानकारी दिए ।

शिक्षक कर्मचारीले उठाएको जायज मागहरुप्रति ऐक्यवद्धता जनाएरै भर्ना अभियान सुरु गरेका हौं, अध्यक्ष प्रसाईले भने – विद्यार्थीको भविष्यप्रतिको चिन्ताले निजी स्रोतका शिक्षकहरुको समेत सहयोग मागेर काम गरिरहेका छौं ।

भर्ना सम्बन्धी प्रभावकारी सूचना प्रवाहमा कमजोरी र आन्दोलनको प्रभावले भर्ना अपेक्षाकृत नभएको अध्यक्ष प्रसाईले स्वीकार गरेका छन् । विद्यार्थीहरु आउने क्रम जारी छ, आउनेहरुलाई भर्ना गरेर किताव समेत उपलब्ध गराइरहेका छौं ।
शिक्षक आन्दोलन चलिरहेको बेला कनकाई किन भर्ना सञ्चालन गर्नुपर्यो भन्ने जिज्ञासामा उनले भने, विद्यालय सञ्चालन गर्नैपर्छ । १६ गतेदेखि सञ्चालन गर्ने सोच बनाएकै छौं । कनकाईले छलाङ मार्नैपर्छ भन्ने उद्देश्यले काम गरिएको हो, उनले थपे ।

अघिल्लो वर्षको विवरण अनुसार २३ सय ८० जना विद्यार्थी रहेको कनकाई माविले सल्लाह गरेर अघि बढ्ने योजना बनाएको छ । विद्यालय सञ्चालनका लागि सल्लाह गर्छाैं, शिक्षकहरुले पक्कै सहयोग गर्नुहुनेछ । निजी शिक्षक कर्मचारी ५० जना हुनुहुन्छ, विकल्प पनि खोज्न सकिने अध्यक्षको भनाई छ ।

उनले विद्यार्थीको पठनपाठन प्रभावित बनाउन नहुने हुँदा सबैलाई सहयोगका लागि आग्रह गरेका छन् ।
विधालयका प्रधानाध्यापक कर्ण बहादुर डाँगीले व्यवस्थापन समिति र अभिभावक संघले अभिभावकलाई सान्तवना दिने काम गरिरहे पनि पठनपाठन अघि बढ्न नसक्ने बताए । आतंक र तनावका बीच पठनपाठक सञ्चालन हुन नसक्ने प्रअ डाँगीको दावी छ । उनले भर्ना अभियानमा शिक्षकहरुको सहभागिता नरहेको बताएका छन् ।

प्रअ डाँगीले आन्दोलनको मोडल परिर्वन गर्नुपर्नेमा जोड दिदैं आएका छन् । उनले फेसबुकमा लेखेका छन्, – शिक्षक आन्दोलनको स्वरूप परिवर्तन नगरिएमा सामुदायिक विद्यालयलाई धोका हुनसक्ने , अभिभावकको धैर्यताको बाँध भत्किन सक्ने, लक्ष्यमा पुग्न गाह्रो हुने, नेतृत्वलाई आन्दोलन सुरक्षित अवतरण गर्न गाह्रो हुने आँकलन गरिएको छ । नेतृत्वले आन्तरिक गृहकार्यलाई पनि घनिभूत पार्नुपर्ने हो कि ?

प्रकाशित मिति : बैशाख १५, २०८२ सोमबार  ९ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]