पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गर्न एमालेको माग
काठमाडौं, १४ बैशाख । नेकपा (एमाले) ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्न माग गरेको छ ।
एमालेका सांसद ठाकुर गैरेले संविधानको धज्जी उडाउँदै पूर्वराजा ज्ञानेन्द्र शाहले ‘श्री ५ महाराजाधिराज’को नाममा समवेदना सन्देश जारी गरेको भन्दै कारवाहीको माग गरेका हुन् ।
। पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालयले काश्मीरमा भएको आतंककारी हमलाको विरोध गर्दै जारी वक्तव्यमा श्री ५ महाराजधिराज लेखिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
‘काश्मीरमा भएको आतंककारी हमलाबारे प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई फोन गरेर गरेको कुरा बाहिर आएको छ । तर, हिजो १३ गते पूर्वराजाको तर्फबाट लज्जास्पद र संविधानविपरीतको अभिव्यक्ति आयो,’ गैरेले भने, ‘संवाद सचिवालयको तर्फबाट जारी गरेको वक्तव्यको शीर्षकमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्रबाट बक्सेको समवेदना सन्देश भनिएको छ । म सरकारको ध्यानाकर्षण गर्छु– यो लेख्न कसरी सम्भव भयो रु संविधानको धज्जी उडाउँदै यो लेख्न पाइन्छ कि पाइँदैन ?’ ।
सांसद गैरेले कानूनी राज्यको धज्जी उडाउँदै श्री ५ लेख्ने पाठक र ज्ञानेन्द्र शाहलाई संविधान र कानूनबमोजिम तत्काल कारवाही गर्न माग गरे ।