बैशाख १४, २०८२ आईतबार

प्रहरीले दियो सांसद राइ पक्राउ परेको जानकारी संसदलाई

काठमाडौं, १४ बैशाख । सांसद माया राइ पक्राउ परेको जानकारी प्रहरीले संघीय संसदलाई दिएको छ।

सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै जिल्ला प्रहरी परिसर, भद्रकालीले सांसद  राइ पक्राउ परेको बारेमा सो जानकारी गराएको हो ।

‘उपरोक्त सबन्धमा सुमन खनालसमेतको जाहेरीमा बादी नेपाल सरकार प्रतिबादी स्वर्ण लक्ष्मी बहु उदेश्सीय सहकारी संस्था लिमिटेका अध्यक्ष एवम सञ्चालक गितेन्द्रबाबु राइ समेत भएको ठगी र संगठित अपराध सबन्धी कसुर मुद्दामा भागी फरा रहेका प्रतिवादी माया राईलाइ अनुसन्धानको क्रममा बैशाख १३ गते बुढानिलकण्ठ नगरपालिका–१० कपन स्थितवाट पक्राउ गरी यसका कार्यालयमा दािखल हुन आएकी प्रतिबादी नेपाली कांग्रेसको बर्तमान संघीय प्रतिनिधिसभाको सदस्यलाइ हिरासतमा राखी थप अनुसन्धान भइरहेको ब्यहोरा सादर अनुरोध गरिएको छ’ प्रहरीले भनेको छ ।

प्रकाशित मिति : बैशाख १४, २०८२ आईतबार  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]