एनएसएलको च्याम्पियन बन्यो ललितपुर
बिर्तामोड । ललितपुर सिटी फुटबल क्लव दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन भएको छ । एनएसएलको तेस्रो संस्करणको आज भएको फाइनलमा पोखरा थन्डर्स फुटबल क्लवलाई २–१ गोलले पराजित गर्दै ललितपुरले उपाधि रक्षा गरेको हो ।
दशरथ रंशगालामा भएको खेलमा लिगदेखि अपराजित ललितपुरले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा पोखराले एक गोल फर्काए पनि खेलको ७४ औं मिनेटमा दोस्रो गोल गर्दै ललितपुरले जीत सुनिश्चित ग¥यो ।
ललितपुरका लागि खेलको ४२औं मिनेटमा इमोह इजेकेलले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । खेलको ६३औं मिनेटमा पोखराका सुदील राईले गोल गर्दै टोलीलाई बराबरी गोल फर्काएका थिए । खेलको ७४औं मिनेटमा पापा इबोउ केबेले गोल गर्दै ललितपुरलाई उपाधि दिलाए ।
दोस्रो पटक विजेता बनेको ललितपुरले ८० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेता पोखराले भने ३० लाख रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाउनेछ ।