बैशाख १३, २०८२ शनिबार

झापा जिल्ला सहकारी संघको उपाध्यक्षमा भट्टराई निर्वाचित

बिर्तामोड । झापा जिल्ला सहकारी संघको आज सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । आठौँ सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचनको मत परिणामसमेत सार्वजनिक भएको हो ।

मत परिणाम अनुसार खुल्ला उपाध्यक्षमा नारायणप्रसाद भट्टराई विजयी भएका छन् । गौतमले ११९ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी अर्जुन दंगालले १७ र डिल्ली दाहालले १०६ मत प्राप्त गरेका थिए ।

त्यस्तै सचिव पदमा भवानीप्रसाद दंगाल (भानु) १५० मतसहित विजयी भए । उनका प्रतिद्वन्दी युवराज गिरीले ६७ मत मात्र प्राप्त गरेका थिए । अर्का उम्मेदवार लक्ष्मीप्रसाद बास्कोटाले शुक्रबार नै उम्मेदवारी फिर्ता लिएको घोषणा गरिसकेका थिए ।
सहसचिव पदमा टसबहादुर श्रेष्ठले १७१ मत प्राप्त गरि विजय हासिल गरे । उनले विनोद ढकाललाई पराजित गरेका हुन् । ढकालले ५९ मत मात्र प्राप्त गरेका थिए ।

त्यस्तै खुल्ला सदस्य पदमा नारायण गौतम १६४ मत, प्रेमसागर सापकोटा १३७ मत र काशीनाथ घिमिरे १३१ मतसहित विजयी भएको निर्वाचन समिति सदस्य विश्वेश्वर प्रसाद भट्टराईले जानकारी दिए ।
लेखा सुपरिवेक्षण समिति संयोजकमा चुडामणि ओझा १६३ मत प्राप्त गरि विजयी बन्दा उनका निकटतम प्रतिद्वन्दी खडानन्द गुरागाईले ६१ मत मात्र प्राप्त गरे ।

क्षेत्र नम्बर २ को क्षेत्रीय सदस्यमा ५१ मतसहित युवराज गौतम विजयी बने भने क्षेत्र नम्बर ४ को क्षेत्रीय सदस्यमा पदम लिम्बु लिङ्देन ६० मतसहित विजयी बनेको निर्वाचन समिति संयोजक देवेन्द्र भण्डारीले जानकारी दिए ।
त्यसैगरी अध्यक्ष पदमा प्रेमकुमार कोइराला, वरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद सापकोटा, महिला उपाध्यक्षमा देवि निरौला बस्नेत, कोषाध्यक्षमा केशव बस्नेत निर्विरोध निर्वाचित भइसकेका छन् ।

खुल्ला महिला सदस्यहरु विन्दा कुमारी थापा, निलाकुमारी दाहाल, संगीता गजुरेल र पुष्पा अधिकारी चम्लागाई निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित हुनेहरुमा क्षेत्र नम्बर १ मा देविमाया अधिकारी, ३ मा हरिकृष्ण अधिकारी र ४ मा तिलकप्रसाद सिंह राजवंशी छन् । त्यसै गरी मिलन आचार्य र राजेन्द्रप्रसाद रिजाल लेखा सुपरिवेक्षण समिति सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । ३१३ सदस्य रहको संघमा २४६ मत खसेको थियो ।

प्रकाशित मिति : बैशाख १३, २०८२ शनिबार  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]