रामचौक सामुदायिक वनको अध्यक्षमा धिताल
बिर्तामोड । रामचौक सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा भोला धिताल सर्वसम्मत हुनुभएको छ । समूहको २५ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट उहाँको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
उपभोक्ता समूहको आज सम्पन्न अधिवेशनले उपाध्यक्षमा रमा घिमिरे, सचिव लेखनाथ खनाल, कोषाध्यक्षमा पर्शुराम बराम सर्वसम्मत हुनुभएको छ । यस्तै, सदस्यहरुमा बद्री भट्टराई, सुरेन्द्र खरेल, रुपा कोइलारा सिग्देल, बिमला निरौला खनाल, दिपक भट्टराई चयन भएका छन् ।
२ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्र २०५१ सालमा समुदायलाई हस्तान्तरण भएको थियो । वनभित्र हाल एक सामुदायिक भवन सञ्चालनमा रहेको छ । ३५ घर उपभोक्ता रहेको नवनिर्वाचित अध्यक्ष धिताल जानकारी धितालले जानकारी दिनुभयो ।
राजु गौतमको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि समाजसेवी एव्म संस्थापक अध्यक्ष लोकनाथ खनाल रहेका थिए । सामुदायिक वन महासंघ झापाका सचिव खिम आङ्वो लगायतको उपस्थिति रहेको थियो ।