बैशाख १३, २०८२ शनिबार

हिकोला रोडका व्यवसायी संगठित

बिर्तामोड । व्यवसायीहरुको हकहित संरक्षण गरी उद्योग व्यवसायको विकास तथा प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले आफ्नै मातहतमा रहनेगरी उपसमिति गठन गर्न शुरु गरेको छ ।

शनिवार बिर्तामोडस्थित हिकोला रोड व्यवसायी उप समिति गठन गर्दै उपसमिति निर्माण कार्यलाई अघि बढाइएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

युवा व्यवसायी मनोज रौनियारको संयोजकत्वमा ३१ सदस्यीय हिकोला रोड व्यवसायी उप समिति गठन गर्दै संघका अध्यक्ष न्यौपानेले बिर्तामोडको व्यवसायलाई थप चलायमान बनाउन र व्यवसायीको हितका लागि काम गर्न उप समिति गठन शुरु गरिएको बताएका छन् ।

गठित समितिको सह संयोजकमा राजकुमार विश्वकर्मा, सचिव प्रेमकृष्ण श्रेष्ठ र कोषाध्यक्षमा निलम श्रेष्ठ चयन छन् । त्यस्तै सदस्यहरुमा गुरुप्रसाद बराल, चन्दन शाह, सेराजुल शेख, प्रमित कुँइकेल, अरुण जैसवाल, गोपाल ल्वागुन, शंकर प्रसाई, संजीव खनाल, ध्रुव खनाल, पारशमणि वास्तोला, मदन श्रेष्ठ, मेधनाथ आचार्य, विजय भण्डारी रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा विजय श्राफ, विजय सडी, युवराज पाठक, हरि ढुङ्गाना, सुनिता खरेल, अञ्जना वास्तोला, लीला थापा, समृद्धि थापा, सुमिना विष्ट, राजन गहतराज, मोहन प्रसाद सेढाई, विक्रम गहतराज र गौरीमान राई रहेका छन् ।
गठित उप समिति बिर्तामोड उद्योग वाणिज्य संघको राजु न्यौपानेको नेतृत्व रहञ्जेलसम्म रहने बताइएको छ । उद्योगी व्यवसायीबीच आपसी एकता, मेलमिलाव कायम गरी उद्योगी व्यवसायीसंग सुमधुर सम्वन्ध समेत तयार गर्न यो समितिले काम गर्ने बताइएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संघका वाणिज्य उपाध्यक्ष जीवन खड्काले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन महासचिव कुशल खतिवडाले गरेका थिए । यसैबीच सो समितिलाई बिर्तामोड उद्योग वाणिज्य संघले पाँच थान डस्विन समेत प्रदान गरेको छ । नव गठित उपसमिति संयोजक रौनियारलाई संघका अध्यक्ष न्यौपानेले डस्विन प्रदान गरेका थिए ।

प्रकाशित मिति : बैशाख १३, २०८२ शनिबार  ७ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]