बैशाख १३, २०८२ शनिबार

एनएसएल फाइनल खेल आज, बिजेताले ८० लाख पुरस्कार पाउने

काठमाडौं, १३ बैशाख । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनल खेल हुदैँछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच शनिवार फाइनल खेल हुदैँछ । ललितपुर दोस्रो पटक र पोखरा पहिलो पटक फाइनल भिडन आइपुगेका हुन् ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताले पुरस्कार राशी घोषणा गरेको हो। जसअनुसार प्रथम टोलीले ८० लाख र दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

प्रकाशित मिति : बैशाख १३, २०८२ शनिबार  ८ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]