बैशाख १३, २०८२ शनिबार

राप्रपा अध्यक्ष लिङ्देनसहित ७ जना छुटे

काठमाण्डौ – प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ जना छुटेका छन् । दिउँसो पक्राउ परेका उनीहरू झन्डै ४ घण्टापछि छुटेका हुन् ।

प्रहरीले राप्रपा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई सिंहदरबार र अन्य तीन जनालाई नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको थियो । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाण्डौ भद्रकालीमा राखिएको थियो ।

प्रकाशित मिति : बैशाख ७, २०८२ आईतबार  ६ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]