बैशाख १३, २०८२ शनिबार

निषेधित क्षेत्रमा उच्च सुरक्षा सतर्कता

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाण्डौमा गर्न लागेको आन्दोलनलाई मध्यनजर गरी सुरक्षा सतर्कता उच्च पारिएको छ । काठमाण्डौमा यसअघि तोकिएको निषेधित क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

गएको फागुन अन्तिम हप्तादेखि दुई महिनाका लागि संसद भवन वरपर, सिंहदबार क्षेत्र, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार र भद्रकाली क्षेत्रमा निषेधाज्ञा लागू गरिएको थियो । निषेधाज्ञा लागू भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न नपाइने प्रशासनले जनाएको छ ।

काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता एवम् एसपी अपिलराज बोहोराका अनुसार आज बिहानैदेखि सुरक्षा अवस्था कडा पारिएको छ । त्यस्तै ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा आवश्यक समन्वय गरिरहेको छ । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आज गर्न लागेको प्रर्दशनमा निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको छ ।

गृह मन्त्रालयले हिजो बेलुका विज्ञप्ति निकालेर निषेधित क्षेत्रमा संविधान र कानून उल्लङ्घन गर्ने गरी हुने कुनै पनि गतिविधि सैहृय नहुने बताएको हो । राप्रपाले आजदेखि राजतन्त्र पुनः स्थापनाको माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी राप्रपाको नामबाट सार्वजनिक समाचार र अभिव्यक्तिप्रति पनि गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ । यसअघि बल्खुमा चैत २६ मा राप्रपाले र त्यसअघि चैत १५ मा तिनकुनेमा राजवादीहरुले प्रदर्शन गरेका थिए ।

तिनकुनेमा भएको प्रदर्शन भड्किएर हिंसात्मक रूप लिएपछि त्यही दिन राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद एवम् पार्टी महामन्त्री धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको थियो । तीनकुनेमा भएको घटनामा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : बैशाख ७, २०८२ आईतबार  ९ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]