बैशाख ६, २०८२ शनिबार

मेचीनगरको ७ वटा सहकारी अनुगमन

मेचीनगर । मेचीनगर नगरपालिकाले बिहीवार सात वटा सहकारी संस्थामा अनुगमन गरेको छ । मेचीनगरले गठन गरेको सहकारी समन्वय समितिले बिहीबार नगर क्षेत्रभित्रका ७ वटा सहकारी संस्थामा अनुगमन गरेको हो ।

अनुगमन टोलीले मेचीनगर–१ को कृष्ण थुम्की सहकारी संस्था, मेचीनगर–२ को बौद्वमोड कृषि सहकारी संस्था, प्रेरणा कृषि सहकारी संस्था र ब्रमाण्ड अपाङ्ग तथा महिला बचत तथा ऋण सहकारी संस्था, मेचीनगर–४ को पानस कृषि सहकारी संस्था र साना किसान कृषि सहकारी संस्था र मेचीनगर–५ स्थित नकलबन्दा बचत तथा ऋण सहकारी संस्थामा अनुगमन गरेको थियो ।

सहकारी समन्वय समितिका सदस्य सचिव दिपेन्द्र कार्कीले अनुगमन गरिएका सहकारीहरुमा तमसुकमा ऋण कार्यविधिको दफा उल्लेख नभएको, ऋण समितिले गरेको निर्णय ऋणिको फायलमा राख्नु पर्ने, फायलमा स्वघोषणा अंशियारको सम्पति र ऋण स्वीकृती भएको पत्र राख्नु पर्ने, मासिक किपोमिस रिपोर्ट बनाउनु पर्ने, सूचना पार्टी देखिने गरी राख्नुपर्ने, साधारण सभा पुस मसान्तभित्र सम्पन्न गरिसक्नु पर्ने, सञ्चालक समितिले नियम अनुसार ऋण लगानी गर्नुपर्ने लगायतका सुझाव दिइएको बताए ।

अनुगमन टोलीमा सहकारी समन्वय समितिका सदस्य दुर्गाप्रसाद सापकोटा, वीपी भट्टराई, जगन भट्टराई र सदस्य सचिव कार्की रहेका थिए ।

अनुगमनमा खटिएका समितिका सदस्य वीपी भट्टराईले अनुगमन गरिएका ७ वटै सहकारीमा केहि समस्या देखिएकोले समाधानका लागि सुझावहरु दिएको जानकारी दिए । नगरपालिकाले सहकारी ऐन २०७५ अनुसार मेचीनगरमा सहकारी समन्वय समिति गठन गरेको छ ।

९ जना सदस्यीय रहेको समितिको संयोजकमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, सदस्य सचिव कार्की तथा सदस्यहरुमा नगरपालिकाकी आर्थिक विकास समिति संयोजक तिलजा देवान, सहकारी अभियन्ताहरु दुर्गाप्रसाद सापकोटा, वीपी भट्टराई, जगन भट्टराई, ठाकुर शिवाकोटी र टिका सुवेदी छन् ।

प्रकाशित मिति : बैशाख ४, २०८२ बिहीबार  ८ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]