बैशाख १४, २०८२ आईतबार

झापामा चैत्र मसान्तसम्म ५१ जना फरार प्रतिवादी पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले चालु आर्थिक वर्षको चैत्र महिनाभर विभिन्न मुद्दामा फरार रहेका ५१ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार फैसला कार्यान्वयनका लागि खटिएको टोलीले फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी झापा जिल्ला अदालतमा पेश गरेको हो । अदालतको आदेशअनुसार कैद असुल बाँकी रहेका प्रतिवादीहरूलाई कारागार पठाइएको छ भने जरिवाना मात्र बाँकी रहेका प्रतिवादीहरूबाट जरिवाना असुल गरी रिहा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काका अनुसार पक्राउ गरिएका प्रतिवादीहरूबाट जम्मा २७ वर्ष ९ महिना ७ दिनको कैद र नगद ५० लाख ४३ हजार ४१० रुपैयाँ जरिवाना असुल गरिएको छ ।

प्रकाशित मिति : बैशाख ४, २०८२ बिहीबार  ८ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]