बैशाख १४, २०८२ आईतबार

शिवसताक्षीमा धुमधामका साथ मनाइयो सिरुवा पर्व

शिवसताक्षी । झापाको शिवसताक्षीमा सिरुवा पर्व धुमधामका साथ मनाइएको छ । शिवसताक्षीको चन्द्रडाँगीमा आदिवासी समुदादयले सिरुवा पर्व मनाएका हुन् । बृहत सिरुवा पर्व कार्यक्रमको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका छन् ।

उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले शिवसताक्षी नगरपालिकाले नगरभित्रका सबै जातजाति भाषा, धर्म र सवैका मौलिक पर्वहरुलाई समान ढंगले हेरेको बताए । उनले शिवसताक्षी नगरपालिकाले यस सिरुवा पर्वलाई पनि यहाँका आदिबासी नागरिकहरुलाई उल्लासका साथ मनाउन आज नगर भरी विदा गरिएको जानकारी दिए ।

हाम्रो भाषा, लिपी संस्कारहरुलाई जर्गेन गर्न नया पुस्तालाई सुझाब दिए ।उनले हरेक मौलिक पर्वहरुलाई मनोरञ्जनका रुपमा मात्र नहेरी आफ्ना पुख्र्यौली पेशा, धर्म, संस्कृतिहरुलाई नयाँ पुस्तालाईहरुलाई सिकाउँदै लौजानु पर्ने बताए । यदी यस्ता पर्वहरुलाई वा कार्यक्रमहरुलाई मनोरञ्जनको रुपमा मात्र लिने हो भने, एक दिन मौलिक पर्व र संस्कृतिहरु लोप भएर जानेछन् उनले भने ।

त्यस्तै शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की सिरुवा पर्वको सबैलाई शुभकामना दिदै सिरुवा पर्वको आज तेस्रो दिनलाई पनि हर्षोल्लाका साथ मनाउन सबैलाई आग्रह गरिन् । यो एउटा मौलिक पर्व हो । यसको जर्गेना गर्न सबै लाग्नु पर्छ । उनले भनिन् सबै जात जाति भाषा धर्म, संस्कृति नै राष्ट्रको सम्पति हो । यो पर्व पछिल्लो समय निस्चित जातिको मात्र नभई सबै जातजातिहरुको साझा पर्वको रुपमा मनाउन थालिएको छ ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका, वडा नं. ७ को कार्यालय र शुक्र माध्यमिक विद्यालयलाई सम्मान गरिएको थियो । कार्यक्रममा सफल पार्न सहयोग गर्ने संस्थाहरुलाई सम्मान गरिएको बृहत सांस्कृतिक सिरुवा पर्व उपभोक्ता समितिका अध्यक्ष सुरेस राजवंशीले जानकारी दिए ।

कार्यक्रममा राजवंशी समुदायका भेष भुषा लगाएर विभिन्न गीतहरु तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । राजवंशी समुदायिकी गायिका पिङ्की राजवंशी, स्थानीय कलाकार सानाहाङ्ग लिम्बुले गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ७ की वडा सदस्य पुजा नेपाली, ज्येष्ठ नागरिक नगर अध्यक्ष अम्बिका अधिकारी, शुक्र माध्यमिक विद्यालयका प्र.अ.खगेन्द्र घिमिरे, वडा नं. ७ का पूर्व वडाध्यक्ष नविन इजम लगायतले शुभकामना मन्तव्य राखेका थिए । बृहत सिरुवा पर्व सांस्कृतिक कार्यक्रम उभोक्ता शिवसताक्षी नगर समितिको आयोजनामा भएको कार्यक्रमको सञ्चालन द्वय चैतु राजवंशी र कुवेर राजवंशीले गरेका थिए ।

प्रकाशित मिति : बैशाख ३, २०८२ बुधबार  ११ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]