शिवसताक्षीमा ज्येष्ठ नागरिक सम्मान
शिवसताक्षी । नेकपा एमालेले शिवसताक्षी नगरपालिका वडा नं. १ का ४ जना ज्येष्ठ नागरिक सम्मान गरेको छ । बुधबार नेकपा एमाले वडा कमिटीले आयोजना गरेको नव वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा वडाका ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा भिमप्रसाद सेर्मा, गोपाल बहादुर छेत्री, बमबहादुर लिम्बु, सीतादेवी खतिवडा रहेका छन् ।
उनीहरुलाई नेकपा एमाले शिवसताक्षी नगर इन्चार्ज चन्द्रकुमार सेर्मा, नगर अध्यक्ष मेदनी दंगाल, जिल्ला कमिटी सदस्य मेगाहाङ्ग थोप्रा, नरमाया कार्की लगायतले सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा अधिकांश बक्ताहरुले पार्टीलाई संगठित बनाएर विधी र पद्धति अनुसार जनहितमा काम गर्दै लैजानु पर्ने बताए । आगामी २०८४ मा हुने निर्वाचनका लागि जरा अभियानलाई सशक्त ढंगले निरन्तरता दिदै पार्टीले गरेका राम्रा कामहरुको प्रचार प्रसार गर्ने ।
पार्टीलाई चौतफी घेराबन्दी गर्ने एमालेलाई आक्रमण गर्ने, सामाजिक सञ्जालहरुमा कुप्रचार गर्ने कार्यको शसक्त ढंगले प्रतिकार गर्दै जानु पर्नेमा सबैको जोड थियो । कार्यक्रमा नेकपा एमाले झापा जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नं. ४ का संयोजक धनबहादुर थेवे, जिल्ला कमिटी सदस्य नरमाया कार्की लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम वडा कमिटी अध्यक्ष अर्जुन राईको अध्यक्षतामा भएको थियो भने, सचिव दिलिप घिमिरेले कार्यक्रमको सञ्चालन गरेका थिए ।