बैशाख १४, २०८२ आईतबार

फरार प्रतिवादी २४ वर्षपछि पक्राउ

बिर्तामोड । ठगी मुद्दामा फरार रहेका हल्दिवारी १ का ६१ वर्षीय नरबहादुर विश्वकर्मा पक्राउ गरेका छन् । झापा प्रहरीले २४ वर्षपछि विश्वकर्मालाई पक्राउ गरेको जनाएको छ ।

२०५७ भदौं ४ गतेको फैसला उल्टी हुने ठहरी तत्कालिन पुनरावेदन अदालत इलामबाट ०५८ फागुन २२ गतेको फैसला अनुसार १ वर्ष कैद र ५३ हजार ३ सय ३३ रुपैयाँ जरिवाना फैसला भएका उनी फरार थिए ।

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले आज पक्राउ गरी झापा जिल्ला अदालतमा उपस्थित गराइएको हो । अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाएको झापा प्रहरीका प्रवक्ता खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख ३, २०८२ बुधबार  १० : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]