बैशाख १३, २०८२ शनिबार

स्वास्थ्य चिन्ताले बिर्तामोडमा खुलेको ‘फ्रुटोपिया’

बिर्तामोड । झापा बिर्तामोडका विशाल तामाङले नागरिकको स्वास्थ्य समस्या बढ्दै जानुमा खानपान नै मुख्य कारण भएको निष्कर्ष निकाले । त्यहि निष्कर्षबाट बिर्तामोडमा सुरु भयो ‘फ्रुटोपिया’ । स्वास्थ्यप्रति नेपाली समाज सतर्क नभएको निष्कर्षपछि उनले बिर्तामोडमा ‘फ्रुटोपिया’ सुरु गरेका हुन् ।

आठ महिनाअघिदेखि सुरु गरिएको फ्रुटोपियामा युवा वर्गसहित स्वास्थ्यप्रति सचेत नागरिकहरुको आकर्षण बढिरहेको सञ्चालक विशाल तामाङको बताउँछन् । अध्ययनको सिलसिलामा भारत बसेका बिर्तामोडका तामाङले त्यहाँको नागरिकहरु स्वास्थ्यप्रति धेरै नै सजग भएको बताए । धेरै देशका नागरिकहरु स्वास्थ्यप्रति सचेत हुँदै खानपानमा सतर्कता अपनाउने गरेको पाँए, उनले भने – ‘हाम्रो समाजमा खानपानप्रति असाध्यै लापरबाही भइरहेको छ । समयमा ख्याल नगर्ने, विरामी भएपछि मात्रै थाहा पाउने चलन छ ।’

जताततै चाउमिन, मःम र पिज्जामा झुम्मिरहेको देखेर चिन्तित तामाङले स्वस्थ्यकर खाजा खुवाउने संकल्प सहित फ्रुटोपिया सुरु गरेको बताए । म आफै पनि जिम गर्छु, उनी थप्छन् – जसरी हाम्रो शरिरलाई अनुशासनमा राख्नुपर्छ, त्यसैगरी खानपान पनि अनुशासित हुनुपर्छ । घर बाहिर खाजा खान पस्यो भने चाउमिन, मःम बाहेक केहि पाउन गाह्रो छ ।

स्वस्थ्यकर खाजा खोज्दा पाउन मुस्किल नै छ । स्वस्थ्य खाजा खोज्नेहरुका लागि फ्रुटोपिया सञ्चालनमा ल्याइएको हो ।
बिर्तामोडस्थित विधुत प्राधिकरणको पूर्व भागमा रहेको फ्रुटोपियामा यतिवेला युवाहरुको आकर्षण बढ्दै गइरहेको छ । सञ्चालक तामाङका अनुसार बजारमा नयाँ व्यवसाय गर्दा धेरै डर पनि थियो । अहिले स्वास्थ्यलाई ख्याल गर्नेहरुको संख्या बढ्दै गएको रहेछ । मैलै सोचको डर हटेर गएको छ ।

कतैकतै जुस पसल भेटिए पनि हाइजेनिक खान चाहानेहरुलाई असुविधा भएपछि आफुले सुरु गरेको उनको धारणा छ । फ्रुट स्यालेट, फ्रुट कस्टर्ड, फ्रेस जुस र कफिको सेवा दिइरहेको फ्रुटोपियाले ६ वटा आइटम उपलब्ध गराइरहेको छ । फ्रुटोपियाले दिने सेवामा ग्राहकहरुलाई ३ प्रकारका स्थानीय फलफूलहरु अनिवार्य उपलब्ध गराइरहेको जनाइएको छ ।

व्यवसाय सञ्चालन गर्न थाइल्याण्ड, भुटान र भारतसँग निर्भर हुनुपरेको छ । स्थानीयस्तरमा कुनै पनि फलफूल पर्याप्त उत्पादन नहुने सञ्चालक तामाङको भनाई छ । ड्रागन फ्रुट उत्पादन भएपनि बाहिर निर्यात हुने गरेको छ । स्थानीय किसानले उत्पादन गर्ने एभोकार्डो र ड्रागन फ्रुटलाई फ्रुटोपियाले प्राथमिकता दिने योजना रहेको सञ्चालक तामाङको भनाई छ ।

स्वास्थ्यको चिन्ताले सुरु गरिएको फ्रुटोपियामा चार जनाले रोजगारी पाएका छन् । भविष्यमा अन्य बजारहरुमा पनि सञ्चालन गर्न सकिने योजना रहेको छ ।

प्रकाशित मिति : बैशाख ३, २०८२ बुधबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]