बैशाख १४, २०८२ आईतबार

वैशाख ११ गते ‘यूथ सेलेब्रेसन’ गर्ने निर्णय

काठमाडौं । सत्तारुढ नेकपा एमालेले यही वैशाख ११ गते काठमाडौंमा भव्य कार्यक्रमक आयोजना गर्ने निर्णय गरेको छ । आजको पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता खुलापन र गणतन्त्रको महत्व बताउन अवसरको रूपमा सेलेब्रेसनस्वरूप भव्य कार्यक्रम गर्ने सचिवालयल बैठकले निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

‘वैशाख ११ गते जनताले जितेको दिन । निरंकूश राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र स्थापनाको औपचारिक बिजारोपण गरिएको दिए । यूथ सेलेब्रेसनको रूपमा आजको पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता खुलापन र गणतन्त्रको महत्व बताउन अवसरको रूपमा सेलेब्रेसन भव्य कार्यक्रम आयोजना गर्दैछौं । त्योबारे सल्लाह भयो’, ज्ञवालीले भने ।

फोटो – एआई

प्रकाशित मिति : बैशाख २, २०८२ मंगलबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]