बैशाख १३, २०८२ शनिबार

प्रथम फिट स्टुडियो तेक्वान्दो प्रतियोगिताको उपाधि खुदुनावारीलाई

बिर्तामोड । झापाको बिर्तामोडमा सम्पन्न प्रथम फिट स्टुडियो अन्तर प्रदेश खुला तेक्वान्दो प्रतियोगिता–२०८१ को उपाधि खुदुनावारीले जितेको छ ।

बिर्तामोडस्थित बाल्मिकी स्कुलमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा चन्द्रमा डोजाङ दोस्रो र न्यू सिमरा तेस्रो भएको छ । बिर्तामोडमा रहेको फिट स्टुडियो र मेची तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगिताको विजेताहरुलाई नगद पुरस्कार, ट्रफी मेडल प्रदान गरिएको छ ।

आयोजक संस्थाका प्रमुख एवम् अन्तराष्ट्रिय तेक्वान्दो प्रशिक्षक दिपेन धिमालले उपाधि विजेतालाई ५० हजार, दोस्रो टिमलाई ३० हजार र तेस्रोलाई २० हजार नगदसहित ट्रफी मेडल प्रदान गरिएको छ ।

चैत २९–३० गते भएको प्रतियोगितामा तेक्वान्दोतर्फ ३५ केजी, ३८ केजी, ४१ केजी, ४५ केजी, ४८ केजी, ५१ केजी, ५५ केजी र ५८ केजी तौल समूहमा प्रतिस्पर्धा भएको थियो । त्यस्तै, पुम्सेतर्फ महिला–पुरुष दुवैको १० वर्षमुनि, १२ वर्षमुनि र १४ वर्षमाथि उमेर समूहको प्रतिस्पर्धा भएको बताइएको छ ।

बेस्ट फाइटर एक–एक जना महिला–पुरुषले ५–५ हजार नगद पुरस्कार समेत प्राप्त गरेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न प्रतियोगिताको आयोजना गरिएको प्रशिक्षक धिमालको भनाई छ ।

प्रकाशित मिति : चैत्र ३१, २०८१ आईतबार  ८ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]