बैशाख ५, २०८२ शुक्रबार

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

काठमाडौं, २८ चैत ।   बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । अघिल्लो दिन बुधबार  ९.६६ अंकले बढेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन आज ५.५७ अंकले घटेको हो । जस अनुसार नेप्से परिसुचक र २६७०.७० विन्दुमा पुगेर रोकिएको छ ।

नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको तथ्यांकले देखाएको छ । यसदिन ३२१ कम्पनिका १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर खरिद बिक्री हुदाँ ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार २५० रुपैयाँ कारोबार भएको छ ।

जसअनुसार बुधबार ४ अर्ब ४८ करोडको सेयर कारोबार भएकोमा आज ५ अर्ब ६३ करोड बराबरको कारोबार भयो।

 

प्रकाशित मिति : चैत्र २८, २०८१ बिहीबार  ४ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]