चैत्र २०, २०८१ बुधबार

ज्ञानेन्द्र राजगद्दीका लागि हकदार थिएनन : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरलले राप्रपालाई संविधान मान्ने कि नमान्ने भन्दै प्रश्न गरेका छन् । काठमाडौंमा भएको मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै महासचिव पोखरेलले संविधान नमान्नेहरुलाई राजनीतिक अधिकार पनि नहुने बताए ।

गणतन्त्रको पक्षमा आयोजित बृहत मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै नेता पोरखेलले चैत १५ को घटनालाई जनताले राम्रैसँग हिसाव गर्ने बताएका छन् । जनतालाई राम्रोसँग थाहा छ, महासचिव पोखरेलले भने, जनता गणतन्त्रको पक्षमा छन् । अराजकता र हिंसाको पक्षमा छैनन् ।

उनले ज्ञानेन्द्र शाहले अपुतालीमा एक पटक राजगद्दीमा बस्न पाएको बताए । ज्ञानेन्द्र राजगद्दीको हकदार थिएनन्, अपुतालीमा पाएका हुन् ।
नेकपा एमालेले आज गणतन्त्रको पक्षमा देशभर प्रदर्शन गरेको छ । केही जिल्लामा मोटर साइकल ¥याली निकालिएको छ भने बाँकी जिल्लाहरूमा प्रदर्शन गरिएको छ ।

राजावादी गतिविधि बढेको भन्दै एमालेले व्यवस्थाको पक्षमा यो महिनाभर जनप्रदर्शनको कार्यक्रम राखेको छ । जस अन्तर्गत आज जिल्ला स्तरीय जनप्रदर्शन भएको छ ।

जनप्रर्शनका निम्ति आज विहानै महासचिव शंकर पोखरेलले नाराहरू सार्वजनिक थिए । सार्वजनिक नाराहरूमा ‘दास र रैती बन्न मन्जुर छैन, गणतन्त्र– जिन्दावाद, प्रतिगमन– मुर्दावाद’ लगायत छन् ।

प्रकाशित मिति : चैत्र १८, २०८१ सोमबार  ६ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]