चैत्र १९, २०८१ मंगलबार

पाथीभरा केबलकारको काम यथास्थितिमा राख्न सर्वोच्चको आदेश

काठमाडौं, १७ चैत । सर्वोच्च अदालतले पाथीभरामा केबलकार निर्माणको काम यथास्थितिमा राख्न आदेश दिएको छ ।

चैत १३ गते न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले निर्माणको काम यथास्थितिमा राख्न आदेश दिएको हो । यामबहादुर लिम्बूसमेतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइको आदेश आज सार्वजनिक भएको हो ।

सर्वोच्चले अन्तरिम आदेश दिन पर्ने वा नपर्नेबारे चैत २६ मा दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश पनि दिएको छ ।

प्रकाशित मिति : चैत्र १७, २०८१ आईतबार  १ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]