चैत्र २०, २०८१ बुधबार

गौरादह क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका पौडेल निर्वाचित

बिर्तामोड । गौरादह बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका तुलसीराम पौडेल निर्वाचित भएका छन् । सचिवमा राप्रविसंघका अन्जन राई र कोषाध्यक्षमा अनेरास्ववियु (क्रान्तिकारी) का प्रमेश कार्की निर्वाचित भएका छन् । सो क्याम्पसमा तीन संगठनबीच तालमेल भएको थियो ।

सभापतिमा पौडेलले १५२ र नेविसंघका उम्मेदवार मदन प्रसाद सिटौलाले ६६ मत प्राप्त गरेका थिए । यस्तै सदस्यहरुमा अनेरास्ववियुको उम्मेदवारी दिपिका कार्की र राप्रविसंघका हेमकुमार ताजपुरिया निर्वाचित भएका छन् ।

प्रकाशित मिति : चैत्र ५, २०८१ मंगलबार  ८ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]