विपन्न ४९६ विद्यार्थीलाई लीलामाया खड्का फाउण्डेशनद्वारा न्यानो कपडा वितरण
बिर्तामोड । लीलामाया खड्का आदर्श फाउन्डेशनले बाह्रदशी १ मा रहेको अमृत माविका विपन्न विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
गरिव तथा विपन्न ४९६ जना विधार्थीलाई न्यानो कपडा वितरण गरिएको फाउन्डेशनकी संरक्षक शिखा खड्का गणेशले जानकारी दिइन् । आज विधालयमा एक कार्यक्रमको आयोजना गरी न्यानो कपडा वितरण गरिएको हो ।
लीलामाया खड्का आदर्श फाउन्डेशन , झापा एफसी, फ्रेन्जको सहयोगमा वितरण गरिएको न्यानो कपडा वितरणको कार्यक्रमको व्यवस्थापन सहारा नेपालले गरेको हो । विधालयका प्रधानाध्यापक राम बहादुर बुढाथोकीले विधालयमा वर्षौपछि परोपकारी संस्थाले विधार्थीहरुलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।
एनएसएल टिम झापा एफसीका अध्यक्ष विक्रम खड्काले फाउन्डेशन मार्फत आफु जन्मिहुर्की गरेको ठाउँको विधालयमा परोपकारी काम गरेकोमा प्रअ बुढाथोकीले आभार प्रकट गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र कुमार गिरीले विपन्न विधार्थीलाई न्यानो कपडा वितरण गरेर फाउन्डेशनले ठुलो योगदान गरेको बताए । प्रमुख अतिथी गिरीले हुनेले नहुनेहरुलाई सहयोग गर्न जरुरी रहेको धारणा व्यक्त गरेका छन् । उनले आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिन आग्रह गरे ।
विव्यसका अध्यक्ष भुमिराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री टेकनारायण राजवंशी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा लीलामाया खड्कासहित फाउन्डेशन परिवारको सहभागी रहेको थियो ।