फलामको रड प्रहारबाट बाह्रदशीमा एकको मृत्यु
बिर्तामोड । झापाको बाह्रदशी ५ फुलबारीमा शनिवार साँझ पुरानो रिसिवीका कारण विवाद हुँदा एकको मृत्यु भएको छ ।
बाह्रदशी ५ बस्ने २६ वर्षीय मान कुमार राजवंशीले पुरानो रिसिवीका कारण सोही वडाका ४५ वर्षीय गंगा लाल माझीलाई फलामको रडले टाउकोमा प्रहार गरेका थिए । रड प्रहारबाट घाइते माझीको उपचारको लागि बिर्तामोडस्थित बिएण्डसीमा अस्पताल पु¥याउन साथ चिकित्सकले चेकजाच गर्दा मृत्यु भइसकेको घोषणा गरेका थिए ।
रड प्रहार गर्ने मान कुमार राजवंशीलाई फलामको रडसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको झापा प्रहरीले जनाएको छ ।