चीनले नेपाललाई दियाे ३० हजार लिटर लिक्विड अक्सिजन, अक्सिजन सहितका ८ सय सिलिन्डर
काठमाडौं । चीनको स्वसासित क्षेत्र तिव्वत सरकारबाट नेपालका लागि स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । विहिबार विहान ल्हासामा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य समाग्री नेपाली प्रतिनिधिलाई हस्तान्तरण गरेको नेपालका लागि चिनियाँ राजदुत हाउ याङछीले ट्वीटर मार्फत जानकारी दिनुभएको छ ।
सहयोग समाग्रीहरुमा ३० हजार लिटर लिक्विड अक्सिजन, अक्सिजन सहितको ८ सय सिलिन्डर , १० वटा अक्सिजन कन्सन्ट्रेटर , ५ वटा भेन्टिलेटर, २ सय वटा आइसियु वेड, र १५ हजार एन्टिजेन किट रहेको राजदुत याङकीले उल्लेख गर्नुभएको छ । यसैबीच आजै दिउँसो स्पेन सरकारले नेपाललाई सहयोग गरेको १४ करोड मुल्यबरावरको स्वास्थ्य सामाग्री आइपुग्ने भएको छ । गोरखापत्र