बैशाख १५, २०८२ सोमबार

‘झापामा संक्रमितको अवस्था जटिल बन्यो भने कहाँ लैजाने भन्ने अवस्था आइसक्यो’

विर्तामोड । झापाको चार वटा स्थानीय तह दोस्रो लहरको कोरोनाको उच्च जोखिममा परेका छन् । दमक, विर्तामोड, मेचीनगर र भद्रपुर उच्च जोखिममा रहेको झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

जनघनत्व र संक्रमणप्रतिको वेवास्थाका कारण जोखिममा परेको चौलागाईको भनाई छ । उनले संक्रमणपछि कहाँ उपचार गर्न जाने भन्दा पनि कसरी सुरक्षित बस्ने भन्ने बारे सचेत रहन आग्रह गरेका छन् । चौलागाईले जनस्वास्थ्य मापदण्ड पालना नगरेका कारण जिल्लामा संक्रमण बढिरहेको बताएका छन् ।

मंगलवार मात्रै झापामा ३०३ जना नयाँ संक्रमित थपिए भने ८ जना संक्रमितको मृत्यू भएको छ । संक्रमण दर र मृत्यू दरले झापा उच्च जोखिममा रहेको पाइन्छ । फोकल पर्सन चौलागाईका अनुसार दोस्रो लहरमा मात्रै ५३ जना संक्रमितको मृत्यू भइसकेको छ । त्यसमा १८ जना महिला छन् ।

जिल्लामा बढ्दै गइरहेको संक्रमणका कारण उपचारमा चुनौति शुरु भएको छ । अस्पतालहरुमा संक्रमितको उपचार गर्न भर्ना लिने अवस्था गाह्रो बन्दै गइरहेको चौलागाईले जानकारी दिए । संक्रमितहरुको अवस्था जटिल बन्यो भने कहाँ लैजाने भन्ने चिन्ता शुरु भइसकेको उनको भनाई छ । अस्पतालहरुमा बेड भरिएका छन्, वेड थप गर्नुपर्ने अवस्था आइसकेको छ, चौलागाईले भने । उनका अनुसार कोरोना नियन्त्रण गर्न अझै कडा लकडाउनको आवश्यकता भएको छ ।

प्रकाशित मिति : जेष्ठ ५, २०७८ बुधबार  १० : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]