बैशाख १५, २०८२ सोमबार

बादललाई मत दिन एमालेको ह्वीप

काठमाडौं । नेकपा(एमाले)ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई मत दिन ह्वीप जारी गरेको छ।

महासचिव ईश्वर पोखरेलले जारी गरेको ह्वीपमा बादल एमाले उम्मेदवार रहेकोले उनका पक्षमा मतदान गर्न निर्देशन दिइएको छ।

‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार क. रामबहादुर थापामगर भएको जानकारी गराईन्छ, पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रम अन्तर्गत मिति २०७८ जेष्ठ ६ गते ०९:०० बजे देखि १५:०० बजेसम्म हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु।’ पत्रमा भनिएको छ । 

बागमती प्रदेशका लागि राष्ट्रियसभाको उपनिर्वाचन ६ जेठमा हुँदै छ।

प्रकाशित मिति : जेष्ठ ४, २०७८ मंगलबार  ७ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]