झापामा थप २६ जना डिस्चार्ज, ३५७ नयाँ संक्रमित थपिए
विर्तामोड । झापामा सोमवार थप २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । उपचारपछि कोरोना जितेकाहरुलाई डिस्चार्ज गरिएको हो ।
आज जिल्लाभर थप ३५७ जनामा कोरोना पुष्टि भएको छ भने मृत्यू १ जनाको भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो सँगै झापामा संक्रमितको संख्या ७९४५ पुगेको छ । मृत्यू हुनेको संख्या १७५ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
आज सबैभन्दा धेरै भद्रपुरमा ८०, दमकमा ७० र विर्तामोडमा ३३ मा कोभिड पुष्टि भएको छ ।