कोभिड संक्रमित अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको मृत्यु
बिर्तामोड । कोभिड संक्रमित अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको मृत्यु भएको छ । संक्रमणपछि उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारारर्थ भर्ना गरिएको थियो ।

बैशाख १७ गते अस्पताल भर्ना भएका उनको आज साढे २ बजे मृत्यू भएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए । खाम्याहाङको वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । गिरीका अनुसार उनलाई निमोनिया भएको थियो ।