निषेधाज्ञामा पनि रोकिएन झापामा तस्करी, २४ लाखको अवैध सामान बरामत
विर्तामोड । झापामा निषेधाज्ञाको मौका छापेर तस्करी गर्नेहरु सक्रिय भएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा चौपाय तस्करी बढिरहेको बेला भारतबाट अवैध रुपमा मालसामान ल्याउन थालिएको छ ।

जिल्लाको विभिन्न भागमा चेकजाँचका क्रममा सशस्त्र प्रहरीको २ नं गणले २४ लाख ५४ हजार ५ सय बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ । आज पाडाजुँगी र गौरीगञ्ज ५ को थापा चोकबाट अवैध मालसामान नियन्त्रणमा लिएको बताइएको छ । सशस्त्र प्रहरीको टोलीले भन्सार छलेर ल्याएको ८ लाख बराबरको छोटा हात्ती, १ लाख ८६ हजार बराबरको ४६ बोरा चिनि र १५ बोरा सुर्ति , ९ लाख ९५ सयको अर्को छोटा हात्ती , ५ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको २५० केजी माछाको भुरा नियन्त्रणमा लिइएको छ । माछा नष्ट गरिएको छ भने चिनि र सुर्ति भद्रपुर भन्सार बुझाइएको छ । अवैध मालमासान बोक्न मे १ च ५३२९, मे १ ज १९०८ नंबरका छोटा हात्ती प्रयोग गरिएको थियो ।