बैशाख १५, २०८२ सोमबार

सार्कमा कोरोना : भारतमा धेरै भूटानमा कम

आशा साह
काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य राष्ट्रहरूमा नयाँ भेरियन्टको कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण दर तीव्र बढ्न थालेको छ ।
कोरोनाको नयाँ भेरियन्टबाट सबैभन्दा बढी भारत प्रभावित भएको छ भने भूटानमा सङ्क्रमण नियन्त्रण उन्मुख देखिएको छ । भारतमा पछिल्लो केही हप्तादेखि निरन्तर बढिरहेको सङ्क्रमित सङ्ख्या चार लाखको हाराहारी पुग्न थालेको छ ।

वर्लड्ओमिटको बिहीबार मध्याह्नको तथ्याङ्कअनुसार भारतमा दुई लाख ५८ हजार ३५१, पाकिस्तानमा १९ हजार ३३६, बंगलादेशमा १२ हजार ४५, अफ्गानिस्तानमा दुई हजार ७२१, नेपालमा चार हजार २५२, श्रीलंकामा ८६८, मल्दिभ्समा ८७ र भुटानमा १ जनाको मृत्यु भएको छ ।
सार्क राष्ट्रहरुले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्दापनि दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गएको देखिन्छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट हाल सबैभन्दा बढी प्रभावित बनेको राष्ट्र भारत हो । भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ लाख १० हजार ४९१ रहेको छ भने ८ हजार ९४४ जनाको अवस्था गम्भीर गरेको वल्र्डओमिटको तथ्याङ्कले देखाएको छ ।

भारतमा हालसम्म एक करोड ९७ लाख ३४ हजार ८२३ जना सङ्क्रमण मुक्त भएका छन् भने कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ३७ लाख तीन हजार ६६५ (२३७०३६६५) रहेको छ । त्यस्तै भारमा हालसम्म दुई लाख ५८ हजार ३५१ जाको सङ्क्रमणको कारण मृत्यु भएको छ ।
भारतपछि सार्क राष्ट्रमा कोरोना सङ्क्रमण पाकिस्तानमा देखिएको छ । कोरोना सङ्क्रमणका कारण पाकिस्तानमा हालसम्म १९ हजार ३३६ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पाकिस्तानमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७५ हजार २२ (७५०२२) रहेको छ भने चार हजार ५६७ जनाको अवस्था गम्भीर रहेको छ । आठ लाख ७० हजार ७०३ कुल सङ्क्रमितमध्ये सात लाख ७६ हजार ३१५ जना सङ्क्रमण मुक्त भएका छन् ।

बंगलादेशमा कुल सङ्क्रमितको सङ्ख्या सात लाख ७७ हजार ३९७ रहेकोमा सात लाख १८ हजार २४९ जना सङ्क्रमण मुक्त भएका छन् ।
त्यस्तै बंगलादेशमा हालसम्म १२ हजार ४५ जनाको मृत्यु भएको छ भने ४७ हजार १०३ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये ११ सय २० जनाको अवस्था गम्भीर रहेको वल्र्डओमिटको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी वैशाख पहिलो सातादेखि नेपालमा पनि कोरोना सङ्क्रमण दर तीव्र रुपमा बढ्दै गएको छ । नेपालमा कुल सङ्क्रमितको सङ्ख्या चार लाख २२ हजार ३४९ रहेको छ । जसमध्ये ४२ सय ५२ जनाको मृत्यु भइरहेको छ । त्यस्तै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या तीन लाख १६ हजार ४६३ पुगेको छछ । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १६ हजार ३४ छ ।
नेपालमा कोरोना सङ्क्रमण दर बढ्न थालेपछि सरकारले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । यो निषेधाज्ञा जेठ १५ गतेसम्म लागू हुने छ ।

यसैगरी सार्क राष्ट्रकै अर्को मुलुक श्रीलंकामा पनि कोरोना सङ्क्रमण दर केही बढ्दो मात्रामा देखिएको छ । कोरोनाका कारण श्रीलंकामा हालसम्म एक लाख ३२ हजार ५२७ जना सङ्क्रमित भइसकेका छन् भने एक लाख सात हजार ६५८ जना सङ्क्रमण मुक्त भएका छन् ।
त्यस्तै हाल श्रीलंकामा २४ सय २ जना सक्रिय सङ्क्रमित छन् । साथै ८६८ जनाको सङ्क्रमणकै कारण मृत्यु भइसकेको छ ।

अफगानिस्तानमा पनि कोरोना सङ्क्रमण बढ्दो छ । अफगानिस्तानमा हालसम्म २७ सय २१ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ६२ हजार ९४२ पुगेको छ । अफगानिस्तानमा हालुसम्म ५४ हजार ५३४ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६८७ रहेको छ । जसमाा ११ सय २४ जनाको अवस्था गम्भीर रहेको छ ।

सार्क राष्ट्रहरुमध्ये अर्को मुलुक माल्दिभ्समा कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार ९२ पुगेको छ । हालसम्म माल्दिभ्समा ८७ जनाको मृत्यस भएको छ । त्यस्तै हालसम्म यहाँ २७ हजार १२३ जना सङ्क्रमण मुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार ८८२ रहेको छ । जसमा ९० जनाको अवस्था गम्भीर रहेको छ ।

सार्क राष्ट्रहरुमध्ये कोरोना सङ्क्रमणबाट सबैभन्दा कम प्रभावित राष्ट्र भुटान देखिएको छ । भुटानमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १२ सय ९२ पुगेको छ ।
भुटानमा सङ्क्रमितमध्ये ११ सय २१ जना निको भएका छन् भने हालसम्म १ जना सङ्क्रमितबमे मृत्यु भएको छ । साथै हाल १३५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार  १ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]