बैशाख १५, २०८२ सोमबार

काठमाडौमा अक्सिजनसहितको बेड नपाएपछि संक्रमितलाई विएण्डसी ल्याइयो

विर्तामोड । काठमाडौंमा अक्सिजन सहितको बेड अभाव भएपछि उपचारका लागि एक संक्रमित महिलालाई विर्तामोडस्थित विएण्डसी अस्पताल ल्याइएको छ ।

काठमाडौंस्थित सातदोबाटोबाट ५७ वर्षीया सावित्रा श्रेष्ठलाई उपचारका लागि विएण्डसी ल्याइएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए । श्रेष्ठ घरमै आइसोलेशनमा बसिरहेकी थिइन् ।

श्रेष्ठलाई अक्सिजन आवश्यक भएपछि काठमाडौंमा अक्सिजनसहितको बेड खोजिएको थियो । अक्सिजनसहितको बेड नपाएपछि यहाँ ल्याइएको गिरीले जानकारी दिए ।

विएण्डसीमा अक्सिजनसहितको बेड सुविधा भएपछि विभिन्न जिल्लाबाट उपचारका लागि आउने गरेका छन् । काठमाडौंबाट आउनेहरुले न्यूनतम ६ लाख भाडामा हेलिकप्टर लिएर आउने गरेको बुझिएको छ । धनगडीका एक संक्रमितलाई उपचारका लागि १२ लाख भाडामा विर्तामोड ल्याइएको थियो ।

प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार  ३ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]