विर्तामोडका ८२ सहित ३७१ जनामा कोरोना, ७ जनाको मृत्यू
विर्तामोड । झापामा बुधबार ३७१ जनामा कोरोना पुष्टि भएको छ । ७ जना संक्रमितको मृत्यू भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
विर्तामोडका ८२, भद्रपुरका ५६ सहित ३७१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।
उनका अनुसार भद्रपुरका २ पुरुष, एक महिला, मेचीनगरका १-१ पुरुष र महिला , कचनकवलमा १ पुरुष र विर्तामोडमा १ महिलाको मृत्यू भएको छ ।