नेपालगञ्ज र ओखलढुङगाबाट विएण्डसी ल्याइयो कोभिड संक्रमित, ५० जनाको उपाचार हुँदै
विर्तामोड । झापाको विएण्डसी अस्पतालमा आज पनि २ जना कोरोना संक्रमितलाई उपचारका लागि हेलिकप्टरबाट विर्तामोड ल्याइएको छ । आज नेपालगञ्जका ६१ वर्षीय प्रेम कुमार सोनी र ओखलढुङगाका ५५ वर्षीय नरनाथ फुयाँललाई ल्याइएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

भेन्टिलेटरको सुविधा भएका कारण देशका विभिन्न भागबाट १५ जना कोभिड संक्रमितलाई उपचारका ल्याइसकिएको छ । गिरीका अनुसार उपचार सहज हुने र बेड सुविधा भएकाले उपचारका लागि आउने गरेका हुन् । विएण्डसीमा हाल ५० जना संक्रमितको उपचार भइरहेको गिरीले जानकारी दिए । आइसीयूमा २५, एचडीयूमा १२ र जेनेरल वार्डमा १३ जनाको उपचार भइरहेको छ ।
विएण्डसीले कोभिड संक्रमितको लागि अलग्गै वार्ड व्यवस्था मिलाएका कारण अन्य क्षेत्रका संक्रमित उपचार गर्न आइरहेका छन् । सूचना अधिकारीले विएण्डसीमा कोभिड उपचारका लागि २ सय वेड तयार गरेको जानकारी दिए ।