बैशाख १५, २०८२ सोमबार

विर्तामोडमा अक्सिजनसहित ५० शैयाको आइसोलेशन तयार

विर्तामोड । विर्तामोड नगरपालिकाले बढ्दो कोरोना सङ्क्रमणलाई मध्यनजर गरी ५० शैयाको आइसोलेशन तयार पारेको छ ।

मेची आँखा अस्पतालको भवनमा अक्सिजनसहित ५० शैयाको आइसोलेशन तयार पारिएको नगरपालिकाले जनाएको छ । बढ्दो सङ्क्रमणका कारण आइसोलेशन तयार गरिएको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए । उनले आवश्यकताका आधारमा बढाउदै लैजाने बताए ।

आइसोलेशनका लागि हाललाई २ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । नगरपालिकाले यसअघि नै अनारमनीमा रहेको नगर अस्पतालमा अक्सिजन सहित ५ शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याएको थियो ।

प्रकाशित मिति : बैशाख २६, २०७८ आईतबार  ६ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]