बैशाख १५, २०८२ सोमबार

८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएको र सरकारी तथ्यांकमा समावेश नभएका २६ जना रहेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसमेत गणना गर्दा आइतबार मृतक संख्या ८८ रहेको छ ।

प्रकाशित मिति : बैशाख २६, २०७८ आईतबार  ४ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]