बैशाख १५, २०८२ सोमबार

डीसीसीएमसीको तीन निर्णय : निर्माण सामग्रीको ढुवानी विहान, बेलुका मात्रै

विर्तामोड । शनिवार बसेको डीसीसीएमसी झापाको बैठकले तीन निर्णय गरेको छ । बैठकले काँकरभिट्टाबाट प्रवेश गर्ने नेपालीलाई लक्षित गरी नेपाली सेनाले निर्माण गर्ने १ हजार बेड क्षमताको अर्ध–स्थायी होल्डिङ सेन्टरका लागि काँकरभिट्टाको नयाँ बसपार्कमा जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले निर्माण सामग्री बोक्ने सवारीका लागि विहान र बेलुकाका मात्रै सञ्चालन गर्न दिने निर्णय भएको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । उनका अनुसार सो प्रकारका सवारी विहान ६ देखि १० र बेलुका ६ बजेदखि १० सञ्चालन गर्न दिने निर्णय भएको छ ।

एम्बुलेन्स, शव बाहन लगायतका अन्य कुनै पनि सवारी साधनहरुले तोकिएभन्दा बढी भाडा लिए कानुन बमोजिम कडा कारवाही गर्ने निर्णय भएको एसपी भट्टराईले जानकार दिए ।

प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार  ३ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]