झापामा १७८ लाई कोरोना, ६ जनाको मृत्यू
विर्तामोड । झापामा बुधबार थप १७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ७९ महिला र ९९ पुरुष रहेका छन् । आज एकैदिन ६ जनाको मृत्यू भएको छ ।
झापाको दमकमा ३२, विर्तामोड ४१, गौरादह ६, मेचीनगर १०, भद्रपुर ३४, कनकाई १४, हल्दिवारी २, अर्जुनधारा ९, बुद्धशान्ती ३, कचनकवल ३, कमल ९, शिवसताक्षी ३, झापा ५ र अन्य ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो सँगै झापामा सक्रिय संक्रमितको संख्या १३८ पुगेको छ ।
आज मृत्यू हुनेहरुमा मेचीनगरका ५८ वर्षीया महिला, भद्रपुरका ७० वर्षीय पुरुष, दमकका ५६ र ७९ वर्षीय पुरुष, विर्तामोडकी ७३ वर्षीया महिला र कनकाईका ४८ वर्षीय पुरुष रहेका छन् । अन्टिजेन परीक्षणमा १२ जनालाई पुष्टि भएको छ ।