बैशाख १४, २०८२ आईतबार

विर्तामोडका ३८ सहित झापामा १६२ जनालाई कोरोना

विर्तामोड । विर्तामोडका ३८ जना सहित झापामा १६२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै झापामा संक्रमितको संख्या ५४ सय २२ पुगेको छ ।

आज झापाको दमक १७, विर्तामोड ३८, गौरादह १२, मेचीनगर १७, भद्रपुर ३७, कनकाई ११, हल्दिवारी , अर्जुनधारा ६-६,बुद्धशान्ति ३, गौरीगञ्ज १, कमल ८, शिवसताक्षी ३, बाह्रदशी २ र ठेगाना नखुलेको १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ७४१ पुगेको छ । थप एकको मृत्यू भएको छ भने जम्मा काभिडबाट मृत्यू हुनेको संख्या १२६ पुगेको छ ।

प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार  ६ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]