कोशी अस्पतालमा अर्जुनधाराका संक्रमित पुरुषको मृत्यू
झापा । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्जुनधारा ६ का पुरुष रहेका छन् । उनको उपचारका क्रममा आज विहान कोशी हस्पिटल विराटनगरमा मृत्यु भएको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखाका मुकुन्द बस्नेतले बताए । ती संक्रमितको परिवारका चारैजना संक्रमित भएका थिए ।
दुईजनालाई उपचारका लागि विराटनगर लगिएकोमा एकजनाको मृत्यु भएको जनाइएको छ । हिजो मात्र झापा गाउँपालिकाका एक पुरुषको मृत्यु भएको थियो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १३२ पुगेको छ ।