बैशाख १४, २०८२ आईतबार

कोभिड संक्रमितलाई उपचार गर्न काठमाडौंबाट विएण्डसी ल्याइयो

विर्तामोड । कोरोना संक्रमित विरामीलाई उपचारका लागि काठमाडौंबाट विएण्डसी अस्पताल ल्याइएको छ । काठमाडौंमा बेड अभाव भएपछि उपचारका लागि विएण्डसी ल्याइएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

झापा शिवसताक्षी –८ का घर भई काठमाडौं बस्दै आएका ६८ वर्षीय नरप्रसाद उप्रेतीलाई उपचारका लागि विर्तामोड ल्याइएको हो । काठमाडौंमा उपचार सहज नभएपछि झापा ल्याइएको बताइएको छ । उप्रेतीलाई हेलिकप्टरबाट विर्तामोड ल्याइएको छ । उनलाई आइसियूमा राखिएको छ । उप्रेती सहित विएण्डसीमा ५ जना कोरोना संक्रमितको उपचार भइरहेको गिरीले जानकारी दिए । उनका अनुसार कोभिड संक्रमितलाई अलग्गै राखेर उपचार व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : बैशाख १५, २०७८ बुधबार  ६ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]