बैशाख १३, २०८२ शनिबार

त्रिविका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय परिषद् बोर्डको सोमबार बसेको बैठकले विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

बढ्दो कोभिड १९( कोरोना भाइरस ) का कारण मङ्गलबार (भोलिदेखि ) सबै तहका परीक्षा स्थगित गरिएको विश्वविद्यालयका रजिष्टार पेशल दाहालले जानकारी दिनुभयो । अहिले चलिरेका र आगामी परीक्षा मिति तोकिएका परीक्षाहरु पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उहाँले बताउनुभयो ।

यसअघि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीको बैठकले देशभर नै सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको भए पनि त्रिभुवन विश्वविद्यालयले भने परीक्षा स्थगित गरेको थिएन । सोमबार पनि त्रिविका परीक्षाहरु जारी थिए ।

प्रकाशित मिति : बैशाख १३, २०७८ सोमबार  ४ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]