बैशाख १३, २०८२ शनिबार

झापाका २१ सहित प्रदेश १ मा १३६ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज १३६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६८, झापामा २१, सुनसरीमा २०, संखुवासभामा ९, धनकुटा र इलाममा ३–३, ते¥हथुम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ५९, रंगेलीमा २, ग्रामथान, जहदा, पथरीशनिश्चरे,रतुवामाई, कटहरी, धनपालथान र उर्लाबारीमा १–१, झापाको विर्तामोडमा ७, झापा गाउँपालिकामा ४, अर्जुनधारामा ३, शिवसताक्षी, हल्दिबारी र भद्रपुरमा २–२, गौरीगञ्जमा १, सुनसरीको धरानमा १०, इटहरीमा ४, बर्जुमा २, रामधुनी, दुहवी, इनरुवा र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा ८ , स्थानीय तह नखुलेका १, धनकुटाको धनकुटा नगरपालिकामा ३, इलामको इलाम नगरपालिकामा २ र स्थानीय तह नखुलेका १, ते¥हथुममा १, ताप्लेजुङमा १, ओखलढुङ्गाको सिद्धिचरणमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ३२२ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९४४ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ८९९ पुगेको छ । प्रदेश १ मा आज ४३८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४२ महिला र ९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : बैशाख ११, २०७८ शनिबार  ६ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]